
दार्चुला- दार्चुलाबाट चरेशसहित एक जना पक्राउ परेका छन् ।





प्रहरी चौकी शंकरपुर पस्तीबाट खटिएको प्रहरी टोलीले मालिकार्जुन गाउँपालिका–८ ऐरीछानाबाट सोही ठाउँ बस्ने ५२ वर्षीय धनसिंह धामीलाई पक्राउ गरेको हो ।




धामीलाई ६ दश्मलव ९६ ग्राम चरेशसहित फेला पारि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।