धनगढी– धनगढीमा लागूऔषध सहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।



जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–३ बाट सोही ठाउँ बस्ने २४ वर्षीय सागर राजी र धर्मेन्द्र धामीलाई नियन्त्रणमा लिएको हो ।


राजीको साथबाट १ ग्राम ३८० मिलिग्राम र धामीको साथबाट ३३० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) फेला पारी दुवै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।





