बाजुरामा माओवादीद्वारा एमालेलाई समर्थन: उम्मेदवार एमालेको प्रचारमा

बाजुरा- बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपनिर्वाचनमा माओवादीको उम्मेदवार बनेकी राजु कुमारी विक एमाले प्रचार प्रसारमा जुटेकी छन् ।

Ganyapdhura gau

मंसिर २ गते माओवादी केन्द्रबाट उनले उम्मेदवारी दर्ता गरेकी थिइन् । ५ गते एमालेलाई सघाउने गरी उम्मेदवारी फिर्ता लिएको भोली पल्टैबाट उनी एमाले प्रचार प्रसारमा लागेकी हुन् । ‘एमालेलाई सघाउने गरी उहाँले उम्मेदवारी फिर्ता लिनु भएको हो’, माओवादी प्रदेश सचिव सुरेश विकले भने, ‘एमालेलाई सघाउने निर्णयनै गरिसकेका छौं ।’

Navadurga sun
Godawari sandesh

माओवादी पार्टीबाट उम्मेदवार भएकी राजु विक स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर ३ जुकोटको एमाले चुनावी सभामा पनि देखिएकी थिइन् । उनले एमाले जिताउन पनि आह्वान गरिन् । आज माओवादी उम्मेदवारले प्रचार गरेको वडाबाटै कांग्रेस र नेकपा एसको उम्मेदवार चुनावी मैदानमा छन् ।

यहाँ नेपाली काँग्रेसले पुलतीसरा शाही, नेकपा एमालेले सुलोचना कुमारी भण्डारी बुढा, माओवादी केन्द्रले राजु कुमारी विक र नेकपा एसले जवा शाहीलाई उम्मेदवार बनाएको थियो । माओवादीले उम्मेदवारी फिर्ता लिएपछि अहिले कांग्रेस एमाले र नेकपा एस भिड्ने भएका छन् ।

कांग्रेस र एमाले नाई मुख्य प्रतिस्पर्धा हो । पटक पटकको वार्ता र संवाद पनि उनले उम्मेदवारी फिर्ता लिएको र एमाले जिताउने अभियानमा लागेको एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले बताए । ‘पटक पटक संवाद र छलफल भयो थियो ।

त्यो सफल भएको छ । अहिले एमाले जिताउने अभियानसहित उहाँहरु सबै लागि सक्नु भएको छ’, उनले भने। एमाले जिताउने सहमति सहित फिर्ता गरिएको उम्मेदवारीका विषयमा पनि नगर कमिटीले स्वागत गर्दै सहमति कार्यान्वन गर्ने निर्णय गरेको छ ।

Dadeldhura hospital

२०७९ को निर्वाचनमा एमाले काङ्ग्रेसकै प्रतिस्पर्धामा कांग्रेस उम्मेदवार विजयी भएका थिए । अहिले माओवादीले पनि समर्थन गर्दा एमालेको जीत सुनिश्चित भएको एमाले प्रदेश सचिव रणबहादुर चन्दले बताए । ‘हामी पहिले बाटै यहाँ बलियो हौं । यहाँका मतदाताहरुले एमालेलाई निकै रुचाउनु भएको छ ।

माओवादीले पनि साथ दिएपछि जीत सुनिश्चित भएको छ’ प्रदेश सचिव चन्दले भने । २०७९ मा उपाध्यक्षमा कांग्रेस मैना जोशीले १ हजार ८१० ल्याएर विजयी हुँदा उनकी प्रतिद्वन्द्वी नेकपा (एमाले) की सुलोचना भण्डारी बुढाले एक हजार ६३७ ल्याएकी थिइन् ।

त्यस्तै माओवादी केन्द्रका सुरेशबहादुर रोकायाले एक हजार २१३ र स्वतन्त्र उम्मेदवार वीरसिंह विकले ४१ मत ल्याएका थिए ।यहाँ माओवादीले अध्यक्षमा नेकपा एकीकृत समाजवादीलाई र उपाध्यक्षमा नेकपा एकीकृत साजवादीले माओवादीलाई साथ दिएको थियो । ७ हजार ४ सय ६० मतदाताले मतदानमा भाग लिन पाउने छन् । ती मध्ये सबैभन्दा बढी २ हजार १० मत ३ नम्बर वडा जुकोटमा छन् ।

नेकपा एसका गाउँ कमिटी अध्यक्षसहितका नेता एमाले प्रवेश
नेकपा एकीकृत समाजवादी पार्टी स्वामीकार्तिक खापर गाउँ कमिटी अध्यक्ष पशुपति रोकाया सहितका नेता कार्यकर्ता नेकपा एमलेमा प्रवेश गरेका छन् ।

वडा नम्वर ३ मा जुकोटमा पुगेको एमाले नेताहरुसँग स्वामिकार्तिक गाउँ कमिटीका अध्यक्ष रोकाया एमालेमा प्रवेश गरेको नेकपा एमाले बाजुरा सचिव कासी विकले जानकारी दिए ।

नेकपा एकीकृत समाजवादी पार्टीबाट एमालेमा प्रवेश भएका रोकायालाई एमालेका नेताहरुले पार्टीमा स्वागत गरेका थिए । एमालेमा रहेका रोकाया पार्टी विभाजनपछि नेकपा एकीकृत समाजवादी पार्टीमा समाहित भएका थिए ।

वडा नम्वर ३ मा आयोजना गरिएको जनता भेटघाट कार्यक्रममा पार्टीका केन्दिय सदस्य बाजुरा इन्चार्ज लाल बहादुर थापासहितका नेताहरुले स्वागत गरेका थिए । मैनादेवी जैसीको निधन पछि मङ्सिर १६ गते उपनिर्वाचन हुन लागेको हो । उनी कांग्रेसबाट निर्वाचित हुन् ।

Couple
Loading...