मन्त्री हेरफेरको कुरा निराधार : गृहमन्त्री

धनगढी । गृहमन्त्री रमेश लेखकले बीआरआईमा अनुदान लिने तर ऋणका रूपमा स्वीकार नगर्ने कांग्रेसको स्पष्ट धारणा रहेको बताएका छन् ।धनगढीमा आज आयोजित पत्रकार भेटघाटमा गृहमन्त्री लेखकले भने, ‘बीआरआई अन्तर्गतका परियोजनाका लागि सहयोग लिने सम्बन्धमा कांग्रेस र एमालेका फरक फरक मान्यता देखिए पनि दुवै दलबीच समझदारी गरेर अगाडि बढेछ ।’

उनले बीआरआई ऋणका रूपमा नलिने भनेर कांग्रेसले यसअघि नै निर्णय गरिसकेको बताउँदै एमालेले पनि ऋणका रूपमा भएपनि लिनुपर्छ नभनेको बताए ।

Navadurga sun

मन्त्री लेखकले भने, ‘दुवै दलबीच छलफल चलिरहेको छ । हामी साझा धारणा निर्माण गर्छौ ।’ मन्त्री लेखकले मन्त्रिपरिषद्मा हेरफेरको कुरा निराधार भएको बताए । ‘हामी प्रधानमन्त्रीय प्रणालीमा छौं । प्रधानमन्त्रीले जुनसुकै बेला मन्त्री हेरफेर गर्न सक्नु हुन्छ । तर आजको समयसम्म त्यसबारे कुनै कुरा उठेको छैन,’उनले भने ।

मन्त्री लेखकले गृह जिल्ला कञ्चनपुरमै भएको निर्मला पन्त बलात्कार तथा हत्याको अनुसन्धान जारी रहेको पनि बताए । २०८४ को निर्वाचनसम्म कांग्रेस एमालेको वर्तमान गठबन्धन कायम रहनेमा कुनै शंका नरहेको उनको भनाइ थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...