धनगढीका मङ्गलको च्याउखेती

कैलाली । धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले च्याउखेतीबाट प्रशस्त आम्दानी गर्दै आएका छन्। उनले सुभाष बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर च्याउखेती गर्दै आएका हुन्।

Ganyapdhura gau

चार वर्षअघि ६० हजार लगानीमा एउटा टनेलबाट च्याउखेती थालेका उनले हाल पाँचवटा टनेलबाट च्याउ उत्पादन गरिरहेका छन्।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

पाँच वटा टनेलबाट उत्पादन भएको च्याउ बिक्रीबाट सबै खर्च कटाएर ६ महिनामा ६ लाख बचत हुने उनले बताए। ‘हिउँदका छ महिना मात्रै च्याउ उत्पादन गर्छु। ‘किङ्ग ओइस्टर’ च्याउ उत्पादन गर्दै आएको छु’, उनले भने, ‘यो च्याउ प्रतिकिलो २०० देखि २५० मा बिक्री हुने गरेको छ।’

‘बजारको मागअनुसार आपूर्ति गर्न सकेको छैन’, उनले भने ‘प्रतिदिन ७० देखि ८० केजी च्याउ बिक्री गर्दै आएको छु।’ च्याउखेतीमा लगानी कम र आम्दानी बढी हुने उनी बताउँछन्। ‘यसमा लगानी कम भए पनि मेहनत बढी चाहिन्छ। चार जनाको परिवार छ,घर खर्च चलेको छ। पराल काट्ने मेसिन, मिनिटिर च्याउ बेचेर किनेको छु’, उनले सुनाए।

यसैगरी, गोदावरी नगरपालिका-८ फकलपुरकी राजकुमारी चौधरीले पनि सात व्यावसायिक रूपमा च्याउखेती गरेका छन्। च्याउखेतीबाट छोटो समयमा प्रशस्त आम्दानी गर्न सकिने उनी बताउँछन्। च्याउ बिक्रीमा कुनै समस्या नभएको बरु माग धान्न कठिन भएको उनको अनुभव छ। रासस

Loading...