राजसंस्था सहितको प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री आवश्यक : अध्यक्ष लिङ्देन

डोटी- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देशको समुन्नतिका लागि वर्तमान राजनीतिक व्यवस्था र नेतृत्व दुवै फेर्नु पर्ने बताएका छन् ।

राप्रपा डोटीद्वारा सदरमुकाम दिपायलमा आयोजित आमसभालाई सम्बोधन गर्दे लिङदेनले देशको अभिभावकीय भूमिकामा राजसंस्था रहनुपर्ने र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने बताए ।

Godawari sandesh
Navadurga sun

‘राजसंस्थालाई अभिभावकीय भूमिकामा राख्नुपर्छ, प्रधानमन्त्रीलाई जनताले प्रत्यक्ष चुन्न पाउने व्यवस्था गरिनुपर्छ’, उनले भने, ‘यस्तो भएमात्र प्रधानमन्त्री देशभरिका जनताप्रति उत्तरदायी हुन्छ ।

उनले वर्तमान प्रधानमन्त्री झापा निर्वाचन क्षेत्र ५ बाट निर्वाचित भएका कारण उनी देशका अन्य निर्वाचन क्षेत्रका जनताप्रति त्यति उत्तरदायी नहुने बताए । अध्यक्ष लिङदेनले थपे, ‘यो व्यवस्थामा अरु कोही प्रधानमन्त्री हुँदा पनि यस्तै हुने हो ।’

Dadeldhura hospital

देशमा भ्रष्टाचार मौलाउनुमा व्यवस्था र नेतृत्व दुवै दोषी रहेको उनको दाबी छ । उनले एमाले, कांग्रेस र माओवादीले मिलेर देश लुटिरहेको समेत आरोप लगाए ।

‘२०४६ सालदेखि तिनै व्यक्तिहरूले पटक पटक नेतृत्व गर्दै देश डुबाउने काम गरेका छन्’, उनले भने, ‘अब पनि यी दल र नेतृत्वबाट देशको समृद्धि हुन्छ भन्ने भ्रममा पर्नु भनेको हाम्रा सन्ततिलाई समेत दुःखमा धकेल्नु हो ।’ राप्रपा अध्यक्ष लिङदेनले खराब नेतृत्वकै कारण आज युवाहरू आफ्नो र परिवारको पेट पाल्न नै विदेशिन बाध्य भएको बताए ।

‘आज हरेक आमाबुवाले छोरो कति छिटो ठूलो होला र रोजगारीका लागि भारत वा तेस्रा मुलुक पठाउँला भनेर दिन गन्दै बसेका हुन्छन्’, उनले भने, ‘गरिबका छोराछोरीले विदेशबाट रेमिटेन्स नपठाए देशमा न व्यापार व्यवसाय चल्छ न त दशैँतिहार आउँछ ।’

पुराना दल र नेताहरूले देशलाई ३५ वर्षदेखि बन्धक बनाएर राखेको उनको आरोप छ । उनी भन्छन्, ‘अन्य देशका नागरिकहरू यो अवधिमा मंगलग्रहमा, चन्द्रमामा पुगिसके, हाम्रो देशमा एक गाउँबाट अर्को गाउँमा जाने पुल बन्दैन, बिरामी हुँदा अस्पताल जान एम्बुलेन्स पाइँदैन ।’

अध्यक्ष लिङदेनले देश बर्बाद हुनुमा नेताहरु मात्र दोषी नभएर ती भ्रष्ट नेतालाई भोट दिने जनता पनि दोषी भएको बताए । उनी भन्छन्, ‘देश बन्नसक्छ, तर यो व्यवस्था र नेतृत्व परिवर्तन गर्नुपर्‍यो ।’ उनले प्रदेशसभा खारेज हुनुपर्ने र राष्ट्रियसभाको काम नभएको भन्दै सांसदहरुको संख्या पनि घटाउनु पर्ने औंल्याए ।

कांग्रेस, एमाले र माओवादीमा वर्तमान नेतृत्वमात्र नभएर भविष्यमा पनि सक्षम नेतृत्व नभएको उनको दाबी छ। ‘शेरबहादुर, केपी ओली, प्रचण्डको मात्रै कुरा होइन, ती दलभित्रका कुन नेतालाई जिम्मेवारी दिए देश बन्छ त’, लिङदेनले भने, ‘ती दलका कुनै पनि नेतालाई जिम्मेवारी दिए पनि देश बन्दैन, हामी भ्रममा पर्नुहुन्न ।’ उनले दलका कार्यकर्ताबाट न्यायाधीश छानिने व्यवस्था भएको देशमा निष्पक्ष न्यायको परिकल्पना गर्न नसकिने बताए । उनले ‘भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह हो’ भन्ने कसमलाई डोटीमा पनि दोहोर्‍याए ।

Loading...