कैलाली जिसस प्रमुखमा टीका चौधरी भुल निर्विरोध

gyan kendra dadel

कैलाली- कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसकी टीका कुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छन् ।

Khanepani dadeldhura

प्रमुखमा उम्मेदवारी दर्ता गराउनु भएकी नागरिक उन्मुक्ति पार्टीकी रुपमति डंगौरा थारुले उम्मेदवारी फिर्ता लिएपछि उहाँ निर्विरोध निर्वाचित भएकी हुन् ।

ajaymeru gaupalika
udhok dadeldhura

आइतबार नेपाली काँग्रेसबाट कैलारी गाउँपालिका–२ का सदस्य टीकाकुमारी र नागरिक उन्मुक्ति पार्टीबाट टीकापुर नगरपालिकाकी वडा सदस्य रुपमतिले उम्मेदवारी दर्ता गराएकी थिईन् ।

बुधबार नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मणकिशोर चौधरी, टीकापुर नगर प्रमुख रामलाल डङ्गौरा थारु, नेपाली काँग्रेस कैलाली सभापति नारायणदत्त भट्टलगायतका नेताको उपस्थितिमा रुपमतिले उम्मेदवारी फिर्ता लिएको काँग्रेसका जिल्ला सचिव केशव मिश्रले जानकारी दिए ।

कांग्रेसले दलित र आदिवासीको प्रतिनिधित्व हुनेगरी जिसस प्रमुखमा टीका कुमारीलाई उम्मेदवार बनाएको थियो । निर्विरोध निर्वाचित भएपछि भुलले जिल्लाका स्थानीय तहसँग समन्वय गरेर अघि बढ्ने बताए ।

Loading...