कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

कैलाली- कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

जिल्लाको घोडाघोडी नगरपालिका–१ डोडापुलस्थित सडकमा से ३ प ७६७३ नम्बरको मोटरसाइकल मंगलवार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–३ जुरपानी बस्ने २४ वर्षीय अनिल चौधरीको मृत्यु भएको हो ।

Navadurga sun

दुर्घटनामा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

साथै मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–४ का ३५ वर्षीय रोहीत चौधरी घाईते भएका छन् । रोहीतलाई थप उपचारको लागि निसर्ग अस्पताल धनगढी रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...