भरुवा बन्दुकसहित दुई जना पक्राउ

gyan kendra dadel
udhok dadeldhura

धनगढी । कञ्चनपुरमा भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका-९ टुडिखेल बस्ने ५३ वर्षका गगन तरामी र ५५ वर्षका प्रेमबहादुर धामी पक्राउ परेका हुन् ।

Khanepani dadeldhura

उनीहरुलाई इलाका प्रहरी कार्यालय व्रह्मदेव र सशस्त्र प्रहरी बल बिओपी खल्ला, कञ्चनपुरबाट संयुक्त खटिएको गस्ति टोलीले भिमदत्त-९ कालीगाडा खोलाबाट २ नाल भरूवा बन्दुक, २ प्याकेट बारुद, बन्दुकको सिसा ३८ टुक्रा, फलाम २७ टुक्रा, बन्दुकको क्याप १२ वटा र खुकुरी २ थानसहित पक्राउ गरेको जनाएको छ । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

ajaymeru gaupalika
Loading...