गोदावरीमा कुष्ठरोग सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाले कुष्ठरोग SDR PER तथा Leprosy Case Base Surveillance सम्बन्धमा १ दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो ।

NRL Nepal को सहयोगमा गोदावरी नगरपालिका भित्र स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीलाई १ दिने अभिमुखीकरण तालिम संचालन गरेको हो । यस तालिममा पालिका भित्रका स्वास्थ्ये केन्द्र, आधारभूत स्वास्थ्य केन्द्र, बर्थिङ सेन्टर र मालाखेती अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गरेको हो ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

डोटीका स्वास्थ्य निर्देशक मनोज प्रसाद ओझाले कुष्ठरोगको वर्तमान अवस्था, संक्रमण तथा रोकथामका उपायहरुका बारे प्रोजेक्टरबाट डकुमेन्ट्री प्रस्तुत गरेका थिए ।

NLR Nepal नेपालमा ४० वर्षभन्दा लामो समयदेखि काम गरिरहेको गैर-नाफामूलक, गैर-धार्मिकगैर-राजनीतिक विकास संस्था हो । यसले स्वास्थ्य प्रवर्द्धन गर्दछ, विशेष गरी देशलाई कुष्ठरोग मुक्त बनाउन र कुष्ठरोगबाट प्रभावित व्यक्तिहरूको क्षमता अभिवृद्धि गरी समावेश गर्न ।

वर्तमान समयमा यस पालिका भित्र रहेका कुष्ठरोगका बिरामीलाई उपचार सँगै स्थानीय निकास सँगको सहजिकरणमा पालिका भित्र रहेका कुष्टरोगका बिरामी पहिचान गर्नका लागि स्क्रिनिङ सँगै घरदैलो अभियान, वरीपरीका बिरामी नसरुन भनि औषधी उपचार समेत थालेको जानकारी गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताए ।

NLR Nepal संस्था मुख्यतया कुष्ठरोग, अपाङ्गता र समावेशी विकासमा संलग्न छ । कुष्ठरोग र अपाङ्गता बाहेक, एनएलआर नेपालले सन् १९९४ देखि २०१३ सम्म देशको सुदूरपश्चिम क्षेत्रमा नेपालको क्षयरोग (क्षयरोग) कार्यक्रमलाई सहयोग गरेको थियो । एनएलआर नेपालले सन् २०१० देखि समावेशी विकासमा आफ्नो सहयोगको क्षेत्र फराकिलो बनाएको छ ।

Loading...