अत्तरिया- कैलालीको गोदावरीबाट ५० किलो अवैध माछा बरामद गरी नष्ट गरिएको छ ।


सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त प्रहरी टोलीले गोदावरी-१स्थित अत्तरिया-धनगढी ६ लेन सडक खण्डबाट आइतबार ५० किलो बेवारिसे माछा बरामद गरेको थियो ।
बरामद गरिएका करिब ६० हजार मुल्य बराबरका दुर्गन्धित माछा जनप्रतिनिधी र स्थानियको रोहवरमा आज नष्ट गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।