अत्तरिया- नेपाली काँग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले धनगढी उपमहानगरपालिका-१६ रामपुरमा रहेको बेहडाबाबा मन्दिरको दर्शन गरेका छन् ।
एक साता गृह जिल्ला डडेल्धुरा बसाइपछि काठमाण्डौँ फर्किन धनगढी पुगेका देउवाले बेहडाबाबा मन्दिरको दर्शन गरेका हुन् ।
कैलालीको गौरीगंगा नगरपालिका स्थित चौमाला बहुमुखी क्याम्पसको नवनिर्मित भवनको उद्घाटन पछि बेहडाबाबा पुगेका देउवाले मन्दिरमा पुजा समेत गरेका छन् ।