अफगानिस्तानमा आफ्नो नेतृत्वमा नयाँ सरकार गठनको तयारी

काबुल– अफगानिस्तानमा आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्ने तालिबानको तयारी थालेको छ । तालिवानले सत्ता लिन थाले सँगै काबुल विमानस्थलबाट अफगानी नागरिकहरु भाग्न खोज्दा कैयौं मानिसहरु मारिएको बीसबी सीले जनाएको छ । अमेरिकाले आफ्ना दूतावासका सबै कर्मचारीलाई विमानस्थलबाट बाहिर निकालेको बताएको छ । ६० भन्दा बढी देशहरुले संयुक्त बयान जारी गरी तालिबानलाई मानिसहरुलाई बाहिर जान अनुमति दिन आग्रह गरेका छन् ।

देशका अधिकांश भागमा नियन्त्रण कायम गरेपछि तालिबान लडाकुहरू हिजो राजधानी काबुल प्रवेश गरेका थिए। तालिवानले हिजो साझ नै राष्ट्रपति भवनलाई पनि आफ्नो नियन्त्रणमा लिएका थिए।अफगान राष्ट्रपति अशरफ गनी तथा अन्य केही वरिष्ठ अधिकारीहरू देश छोडेर अन्यत्र पलायन भएपछि त्यहाँ शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरण गर्न वार्ता गरिएको थियो।

Navadurga sun

तालिबान झन्डै २० वर्षपछि सत्तामा फर्किन लागेको हो। सन् २००१ मा अमेरिकाको नेतृत्वमा अफगानिस्तानमा आक्रमण गरेर तालिबान सत्ताच्युत भएको थियो। यसैबीच तालिबान नेतृत्वले अफगान नागरिकहरूलाई केही नगर्न फेरि आफ्ना लडाकुहरूलाई निर्देशन दिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...