कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–१२ ओदालीबाट १३० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित सोही ठाउँ बस्ने २२ वर्षीय गगन जैशीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

Navadurga sun

मंगलबार साँझ प्रहरी चौकी झोलुङ्गेबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेपछि उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...