पूर्वाधारसंगैँ गुणस्तरिय शिक्षामा जोड दिनुपर्छ : कांग्रेस सभापति देउवा

अत्तरिया- नेपाली काँग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पुर्वाधारसंगै शिक्षाको गुणस्तरमा जोड दिनुपर्ने बताएका छन् ।

आईतबार कैलालीको गौरीगंगा नगरपालिकाको चौमाला बहुमुखी क्याम्पसको नवनिर्मित भवनको उद्घाटन गर्दै सभापति देउवाले भौतिक संरचना संगै गुणस्तरिय शिक्षामा पनि जोड दिन आग्रह गरे ।

Navadurga sun

उनले भने ‘शैक्षिक क्षेत्रमा धेरै पूर्वाधार निर्माण भएका छन, अब गुणस्तरियसंगै प्राविधिक शिक्षामा जोड दिनुपर्यो, मैले गर्ने सहयोग गर्न तयार छु ।’

पुर्वप्रधानमन्त्री समेत रहेका देउवाले सुदूरपश्चिमलाई शिक्षामा अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले भने, ‘म यहि ठाउँको मान्छे हु, यहाँका सबै समस्या थाहा छन, मैले सक्ने सहयोग गर्ने छु ।’

क्याम्पस संचालक समितिका अध्यक्ष दिनेशराज जोशीले क्याम्पसको सुरुवात भएको अब धेरै काम बाँकी रहेकाले सहयोग गर्न देउवालाई आग्रह गरे ।

प्रतिनिधि सभा सदस्य वीरबहादुर वलायर, सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री दिर्घ सोडारी लगायतले पनि देउवा सुदूरपश्चिमको अभिभावक भएकाले यहाँका समस्या उहाँकै पहलमा मात्र समाधान हुने बताए । लगत्तै सभापति देउवाले धनगढी उपमहानगरपालिका १६ मा रहेको वेहेडावावा धार्मिक क्षेत्रमा पुगेर त्यहाँ पुजा तथा दर्शन समेत गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...