
डोटी- डोटीमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।


जिल्लाको शिखर नगरपालिका–८ स्थित भीमदत्त राजमार्गमा डडेल्धुराबाट दिपायल तर्फ आउँदै गरेको नम्बर नखुलेको सेतो रंगको बोलेरो जिपले सुदूरपश्चिम प्रदेश ०३००१ प ०६६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार दिपायल–सिलगढी गरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउँद घाइते भएका थिए ।

घाइते साउँदको शनिबार उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक सोही स्थानका २७ वर्षीय प्रकेश विकलाई थप उपचारका लागि धनगढी पठाइएको छ । ठक्कर दिएर फरार जिपको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।