सुदूरपश्चिममा रिक्त पाँच स्थानमा उप–निर्वाचनको मनोनय दर्ता हुँदै

धनगढी । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन दर्ता गर्ने कार्यतालिका छ। देशभरका विभिन्न ४४ रिक्त पदका लागि आइतबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यक्रम छ।

यसपालि सुदूरपश्चिममा रिक्त पाँच पदका लागि उपनिर्वाचन हुँदैछ। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि उपचुनाव हुदैछ। यस्तै बझाङको सुर्मा गाउँपालिका–४ वडाअध्यक्ष पदका लागि चुनाव हुँदैछ।

Navadurga sun

डोटीको पुर्वीचौकी गाउँपालिका–६ को वडाअध्यक्ष पद, दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाअध्यक्ष पद र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाअध्यक्ष पदका लागि चुनाव हुँदैछ। यसअघिको निर्वाचनमा विजय भएका जनप्रतिनिधिको कार्यकाल पुरा नहुँदै निधन भएपछि रिक्त स्थानमा निर्वाचन आयोगले उपनिर्वाचन गराउन लागेको हो।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...