जीपले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, एक गम्भीर घाइते

डोटी । डोटीमा बोलेरो जीपले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । शनिवार बेलुकी करिब ६ बजेतिर भिमदत्त राजमार्ग अन्तर्गत शिखर नगरपालिका वडा नम्बर ८ खुनको मोडमा डडेल्धुराबाट दिपायलतर्फ आउँदै गरेको नम्बर नखुलेको सेतो रंगको बोलेरो जीपले सोही दिशातर्फ गइरहेको सुप प्र ०३ ००१ प ०६६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

मोटरसाइकलको पछाडि सवार दिपायल सिलगढी नगरपालिका वडा नम्बर १, सिर्खोली बस्ने ३२ वर्षीय लोकेन्द्र साउदको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । टाउको र निधारमा गम्भीर चोट लागेका साउदलाई उपचारका लागि सुजङ्ग अस्पताल राजपुरमा लगिएको थियो। अस्पतालमा डाक्टरले उनलाई मृत घोषणाा गरेका हुन्।

Navadurga sun

जिपको ठक्करबाट सोही ठाउँका मोटरसाइकल चालक २७ वर्षीय प्रकेश बिक गम्भीर घाइते भएका छन् । बिकलाई थप उपचारका लागि धनगढी रिफर गरिएको अस्पताल स्रोतले जनाएको छ । ठक्कर दिने जीपको खाजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...