अत्तरिया- कैलालीको गोदावरीबाट अनैतिक क्रियाकलापमा संलग्न होटल संचालकसहित ३ जना पक्राउ परेका छन् ।


गोदावरी नगरपालिका वडा नम्बर १ मनहरास्थीत पीके होटल एण्ड लजबाट होटल संचालकसहित दुई पुरुष र एक महिला गरि तीन जना पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउपरेकाहरु माथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।