अत्तरिया- नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले मातृ शोकमा रहेका कैलालीका युवा नेता लोकराज पाण्डेय ‘आगो’ लाई समवेदना पत्र पठाएका छन् । शोकमा रहेका पाण्डेयलाई महामन्त्री थापा आफै सहभागि हुने कार्यक्रम तय भएको भए पनि काम विशेषले बीचमा सिन्धुली जाने काम परेका हुँदा प्रतिनिधिका रुपमा आफ्नो सचिवालय प्रमुख युवाराज पाण्डेय लगायतका मार्फत समवेदना पत्र पठाएका हुन् ।
शोक पत्रमा युवा नेता आगोलाई सम्बोधन गर्दै भनेका छन्, ‘शोक को यस कठिन घडीमा तपाई, बुवा बासुदेव पाण्डेय, भाई कैलाश पाण्डेय, लगायत सम्पूर्ण शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’ यहि कात्तिक २० गते युवा नेता आगोको ममतामयी आमाको ६३ बर्षको उमेरमा निधन भएको थियो ।
नेता आगोलाई समवेदना प्रकट गर्न काँग्रेस सभापति शेरबहादुर देउवा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह लगायत विभिन्न पार्टीका नेता कार्यकर्ताहरु उनको घरमै पुगेका थिए ।