गोदावरीको स्वास्थ्य शाखाले आ व २०७७/०७८ को बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठि सम्पन्न

गोदावरीका १५ जना स्वास्थ्यकर्मीहरु नगद सहित सम्मानित

अत्तरिया, ३२ साउन- कैलालीको गोदावरी नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा शनिवार देखि सुरु भएको आ.व. २०७७/०७८ को बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठि कार्यक्रम आज सम्पन्न भएको छ ।

दुई दिन सम्म संचालन भएको सो कार्यक्रममा स्वास्थ्य शाखाले गत बर्ष गरेका उपलब्धिहरुका बिषयमा छलफल गरिनुका साथै चालू आर्थिक बर्षमा के कसरी अगाडि बढ्न सकिन्छ भन्ने बिषयमा छलफल समेत गरेको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

त्यसैगरी स्वास्थ्य शाखाले गत बर्ष गरेका कामहरु र भावि योजनाहरु पनि सार्वजनिक गरेको छ । गत आर्थिक बर्षमा नगरपालिका भित्र रहेका वडा नम्बर १ को अत्तरिया, वडा नम्बर ६ को लालपुर र वडा नं ४को बुढितोलामा शहरी स्वास्थ्य क्लिनिकको भवन र हालखोलीमा ल्याब र बर्थिङ सेन्टर स्थापना गरिएको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले जानकारी गराएका थिए ।

त्यस्तै चालु आर्थिक बर्षमा गोदावरी, बहेडा र गेटा स्वास्थ्य चौकीवाट सुरक्षित गर्भपतन सेवा सुरु गरिने प्रमुख अवस्थीले बताए ।

त्यसैगरी सबै स्वास्थ्य चौकीहरुमा अति शिघ्र कुपोषणको व्यवस्थापनका लागि ओटीसी सेन्टर सञ्चालन गर्ने, मेयर जेष्ठ नागरिक स्वास्थ्य प्रवर्धन कार्यक्रम र उपमेयर सुरक्षित मातृत्व प्रोत्साहन कार्यक्रम सञ्चालन योजना रहेको उनले बताए । कार्यक्रममा सहभागीहरुले गोदावरी नगरपालिकाले स्वास्थ्य क्षेत्रमा पहिले भन्दा अहिले केही प्रगति भए विकट ठाउमा भने अझै थुप्रै समस्या रहेको बताएका छन् ।

कार्यक्रममा सहभागी नगरपालिका भित्रका विभिन्न स्वास्थ्य सस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुले ग्रामीण क्षेत्रमा रहेका स्वास्थ सस्थामा अझै पनि बिरामीहरुलाइ उपचार गर्नका लागि वेड समेत अभाव रहेकाले काम गर्न समस्या भैरहेको गुनासो गरेका छन् । उनीहरुले समयमा औषधि आपुर्ति नहुदा स्वास्थ्य सस्थामा आउने बिरामीहरुलाई आफुहरुले रितो हात फर्काउनु पर्ने वा निजि क्लिनिकहरुमा पठाउनुपर्ने बाध्यता रहेको समेत बताए।

Dadeldhura hospital

स्वास्थ्य शाखा प्रमुख नवराज अबस्थीले गोदावरी नगरपालिकालाई पुर्ण खोप सुनस्तितता पालिका घोषणा गर्न सफल भएको बताए । उनले समयमा रिपोर्टिङ् हुन नसक्नु गत बर्षको मुख्य समस्या रहेको बताए । आफुले गरेका काम र सेवा सुबिधका बिषयमा अभिलेखिकरण गर्न नसक्दा समस्या भैरहेको उनको भनाई छ । यस्तै उनले नगरपालिकाले स्वास्थ्य क्षेत्रका कर्मचारीहरु खटनपटन गर्दा उपयुक्त ठाउमा उयुक्त कर्मचारी पठाउनुपर्ने बताए ।

गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडायतको सभापतित्वमा भएको समापन कार्यक्रममा, वडा नं १२ का वडा अध्यक्ष भिम बहादुर खड्का, वडा नं ९ का अध्यक्ष लहानु चौधरी, वडा सदस्य, नगरपालिकाका कर्मचारी र बिभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।

गोदावरीका १५ जना स्वास्थ्यकर्मीहरु नगद सहित सम्मानित:
कैलालीको गोदावरी नगरपालिका भित्रका १५ जना स्वास्थ्यकर्मीहरुलाई सम्मानित गरिएकाे छ । गोदावरी नगरपालिका स्वास्थ्य शाखाले आज एक कार्यक्रमका बिच नगरभित्रका बिभिन्न स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रमा कार्यरत रहेका १५ जना उत्कृष्ट स्वास्थ्यकमीहरु छनौट गर्दै नगद सहित सम्मानित गरेका हो ।

सम्मानित हुनेहरुमा नगरपालिकाको बिकट हाटखोलीमा कार्यरत अहेब बहादुर ओली, फुलबस्तीमा कार्यरत अहेब दिपक राज जोशी, चापसल्लीमा कार्यरत अहेब पदम बोहरा, खमौरामा कार्यरत अहेव अनिता उखेड , जमुनाभाडीमा कार्यरत अहेब रमेश चौधरी रहेका छन् ।

त्यस्तै बडेहामा कार्यरत सिनियर अहेब गौरी उपाध्याय, सिनियर अनमी राधा पौडेल, बेलामा कार्यरत सिनियर अनमी माया गुरुङ, गेटामा कार्यरत सिनियर अनमी लक्ष्मी पन्त, सिनियर अहेब तरुण जोशी, गोदावरीमा कार्यरत सिनियर अनमी जानकी जोशी, गोदावरीमै कार्यरत अहेब झराना मल्ल, मालखेती अस्पतालमा कार्यरत सिनियर अनमी कविता केसी, मालाखेतीमै कार्यरत सिनियर अहेब मुकुन्द बहादुर सिंह र बेलामा कार्यरत सिनियर अहेब देवदत्त भट्ट रहेका छन् ।

उनीहरु सबैलाई नगद रु २ हजार सहित गोदावरी नगरपालिकाकी उप–प्रमुख रत्ना कडायत, शिक्षा शाखा प्रमुख उप–सचिब बसन्त कुमार खत्री र लेखा शाखा प्रमुख रामचन्द्र जोशीले टिका लगाई सम्मान पत्रले सम्मानित गरेको गोदावरी नगरपालिका स्वास्थ्य शाखमा कार्यरत सिनियर अनमी उषा भट्टले जानकारी दिइन् ।

कोरोना महामारीका बेला बिकट ठाउँमा बसेर पनि स्थानियहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै उनीहरुले रातदिन नभनी सेवामा खटिएको सिनियर अनमी भट्टले बताइन् । उनीहरुले आफ्नो जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरेको हुदाँ स्वास्थ्य शाखाले उच्च मूल्याङ्कन गर्दै थप प्रात्सहान स्वारुप सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख नवराज अबस्थीले बताएका छन् ।यसले गर्दा उहाँलाई थप हौसला मिल्ने र अन्य स्वास्थ्यकर्मीहरुलाई पनि यसवाट उत्प्रेरणा मिल्ने शाखा प्रमुख अवस्थीले बताए ।

Loading...