धनगढीमा ३६ किलो चरेस बरामद

gyan kendra dadel
udhok dadeldhura

धनगढी । धनगढीमा ३६ किलो चरेस प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले बुधबार साँझ धनगढी उपमहानगरपालिका–५ को लब्ली चोकबाट प्लास्टिकसहित ३६ किलो ६६५ ग्राम चरेस बरामद गरिएको जानकारी दिए।

Khanepani dadeldhura

वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोलीले लब्ली चोकमा मोटरसाइकल चेकजाँच गर्दा चरेस बरामद गरेको हो। तर, चरेस बोकेको १०७२ नम्बरको एनएस प्लसरका चालक र पछाडि सवार भने फरार भएका छन्। परिचय नखुलेका उनीहरूको खोजी भइरहेको डीएसपी बोहराले बताए।

 

ajaymeru gaupalika
Loading...