धनगढीमा दुई दिन विद्युत् सेवा अवरुद्ध हुने

धनगढी- कैलालीको धनगढीमा २ दिन विद्युत् सेवा अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणको धनगढी वितरण केन्द्रले बिहीवार र शुक्रवार धनगढीमा विद्युत् सेवा अवरुद्ध हुने बताएको हो ।

धनगढी वितरण केन्द्रले ११ केभीका पालहरू स्थानान्तरणका लागि २ दिन १० देखि ६ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने बताएको छ।

धनगढीको उत्तरबेहडी, शिवपुरीधाम जाने सडकका पोलहरू, बोराडाडीबाट यातायात जाने सडकका पोलहरू, तुलसी चोक, यातायात र देउथान टोलमा विद्युत् सेवा अवरुद्ध हुने भएको हो।

Loading...