कैलालीमा मास्क नलगाए १ सय जरिवाना


अत्तरिया, ३२ साउन- कैलालीमा मास्क नलगाउनेलाई अनिवार्य १ सय रुपैया जरिवाना गर्ने निर्णय समेत गरेको छ ।



सोमबार कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा बसेको जिल्ला कोभिड व्यवस्थापन समितिले यस अघिकै नियमलाई यथावत राख्दै १० दिन सम्म निषेधाज्ञा थप्ने निर्णय गरेको छ ।


बैठकले मंगलबार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा मास्क लगाए नलगाएको हेर्न बजार अबलोकन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । कोरोना संक्रमण नियन्त्रणका लागि मास्क अनिवार्य गरिएको उनले बताए ।