धनगढी- कैलालीको धनगढीमा कित्ताकाट गर्दा नयाँ सडकको १० मिटर लगतकट्टा गर्न थालिएको छ । धनगढी उपमहानगरपालिकाको जग्गा प्लटिङ सम्बन्धी कार्यविधि, २०८० अनुसार नयाँ प्लटिङमा १० मिटरको सडक कायम गर्न थालिएको हो ।
कार्यविधि अनुसार धनगढीमा जग्गा प्लटिङ गर्दा सडकको चौडाइ १० मिटर अर्थात् ३३ फिट हुनुपर्ने मापदण्ड तोकिएको छ । सोही मापदण्डअनुसार धनगढी उपमहानगरपालिका–५ की पुष्पादेवी सिंहले नयाँ सडक खोल्दा १० मिटरको सडक कायम गरेकी छन् ।
धनगढीका जग्गा व्यवसायीले उपमहानगरले जग्गा प्लटिङ सम्बन्धी कार्यविधि बनाएपछि विरोध गरेका थिए । सडकको चौडाइ २० फिटबाट बढाएर १० मिटर हुनुपर्ने मापदण्डको जग्गा व्यवसायीले विरोध गरेका थिए ।
कार्यविधि विरुद्ध उनीहरुले सर्वोच्च अदालतमा रिट नै दायर गरेका थिए । उपमहानगरले नयाँ प्लटिङमा २० फिट सडक मात्रै कायम हुँदा आधुनिक सहर निर्माणका लागि बाधक हुने भन्दै नयाँ बन्ने सडकहरू १० मिटर बनाउनुपर्ने भन्दै कार्यविधि ल्याएको थियो। वडा नम्बर ५ की उषादेवी सिंह कार्यविधि अनुसार सडकको लगतकट्टा गर्ने पहिलो सेवाग्राही बनेको उपमहानगरपालिकाले जनाएको छ ।