लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको हो : केन्द्रिय सदस्य वड

धनगढी- नेपाली कांग्रेसका केन्द्रिय सदस्य नृपबहादुर वडले हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गरेकाले त्यसको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको नै भएको बताएका छन्

Dadeldhura hospital

मंगलबार नेपाली कांग्रेस कञ्चनपुरले दोधराचाँदनीमा आयोजना गरेको १०० दिने अभियान अन्तरगतको सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य वडले अतिबादीपपुलिज्महरु दुबैबाट लोकतन्त्र माथि खतरा हुनसक्ने भएकोले त्यसको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको भएको बताए ।

Navadurga sun
Godawari sandesh

संगठनलाई सक्रिय बनाउने उद्देश्यका साथ नेपाली कांग्रेसले सुरु गरेको १०० दिने अभियान पुनः थालेको छ । बाढीपहिरोको विपद्पछि असोज १३ गतेको कार्यसम्पादन समितिको बैठकको निर्णयअनुसार रोकिएको अभियान छठपछि पुनः गर्न लागेको हो । सोहि अनुसार नेपाली कांग्रेसका केन्द्रिय सदस्य वड कञ्चनपुर खटिएका छन ।

देशभर बाढीपहिरोले वितण्डा मच्चाएपछि कांग्रेसले पार्टीको अभियान स्थगित गरेर राहत र उद्धारमा लाग्न पार्टी पंक्तिलाई निर्देशन दिएको थियो । अभियान सुरु भएको केही दिनमै रोकिएकाले चाडपर्व सकिएकाले पुनः अभियान थालेको हो ।

Loading...