

कैलाली- सुदूरपश्चिम रोयल्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ । सुदूरपश्चिले मङ्गलबार स्थानीय झझल्को दिने जर्सी सार्वजनिक गरेको हो ।



मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी, ब्रान्ड एम्बेसडर ओलम्पियन दीपक विष्ट लगायतले नेपाल प्रिमियर लिग (एनपिएल) मा प्रयोग हुने जर्सी सार्वजनिक गरेका हुन् ।


रोयल्सले विदेशी खेलाडीमा न्युजिल्यान्डका स्कट कुगेलेइन, यूएईका रोहन मुस्ताफा, स्कटल्यान्डका ब्रान्डन म्याकमुलेन र इंग्लिस क्रिकेटर सेफ अली जेबलाई अनुबन्ध गरिसकेको छ ।
अस्ट्रेलियाका विश्वकप विजेता पूर्व क्रिकेटर ब्राड हगलाई प्रमुख मेन्टरमा लिएको छ। सुदूरपश्चिमको मुख्य प्रशिक्षकमा जगत टमाटा छन् ।