कञ्चनपुरमा खैरो हेरोइनसहित पाँच जना पक्राउ

Dadeldhura hospital

कञ्चनपुर । कञ्चनपुरमा खैरो हेरोइनसहित ५ जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१८ कटानबाट लागूऔषध (खैरो हेरोइन) कारोबार भईरहेको छ भन्ने सूचनाको आधारमा सोही ठाउँ बस्ने ३१ वर्षीय घनश्याम उराउ र ४ जना किशोर–किशोरीसहित ५ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले ५ जनालाई १ दश्मलव ३४ ग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

Loading...