

धनगढी- अध्ययन, अवलोकन भ्रमणका लागि सुदूरपश्चिम प्रदेश पुगेको गोरखा उद्योग वाणिज्य संघको टोलीलाई कैलाली उद्योग वाणिज्य संघले स्वागत गरेको छ ।



गोरखा उद्योग वाणिज्य संघको टोलीलाई स्वागत गर्न शनिबार कैलाली उद्योग वणिज्य रात्री भोजको पनि आयोजना गरेको थियो ।


सो क्रममा बोल्दै कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले खुल्ला सिमाना र अवैध चोरी पैठारीका कारण सीमा क्षेत्रका व्यवसायीलाई समस्या हुने गरेको बताए ।
उनले सुदूरपश्चिममा हाल सम्म ठूला उद्योग सञ्चालन हुन नसकेको भएपनि दैजि छेला औद्योगिक क्षेत्र निर्माणको क्रममा रहेकाले आगामी दिनमा उद्योग स्थापना हुने अपेक्षा गरिएको बताए ।