अत्तरिया हस्पिटलमा थपियो मुटु रोगको चेकजाँच तथा उपचार सेवा ​​​​​​​

अत्तरिया- सुदूरपश्चिम प्रदेशको कैलालीमा पनि क्रमिक रुपमा स्वास्थ्य सेवा थपिर्दै आएकोे छ । १०० बेड मान्यताप्राप्त हस्पिटलको रुपमा संचालनमा रहेको कैलालीको अत्तरियामा रहेको अत्तरिया हस्पिटलमा विभिन्न किसिमका रोगलागेको हरुलाई सेवा दिदै आएको छ ।

Dadeldhura hospital

अत्तरिया हस्पिटलमा मुटु रोगको चेकजाँच, परामर्श तथा उपचार सेवा विस्तार गरेको छ । दैनिक रुपमा मुटुको चेकजाँच तथा उपचार सेवा विस्तार भएको अस्पतालका प्रशासनिक अधिकृत डिल्लीराज पाठकले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव कार्कीद्वारा मुटु रोगको चेकजाँच, परामर्श तथा उपचार सेवा अन्तरगत टिएमटि सेवा, मुटुको जाँच , मुटुको ईसीजी इको, मुटुको धडकन, प्रेसर जाँच, मुटुको शल्यक्रिया सम्बन्धि परामर्श सेवा , एविपी (२४ घण्टामा रक्तचाप मापन गर्ने) सेवा, हल्टर (२४ घण्टामा रक्तचाप मापन गर्ने) सेवा आदी सेवा दिने अस्पतालले जनाएको छ ।

मुटु रोगको चेकजाँच, परामर्श तथा उपचार सेवा लिनका लागि दैनिक रुपमा दिउसो १ बजे देखि ३ बजे सम्म अत्तरिया हस्पिटलमा डा. कार्की सँग सेवा लिन सकिने अस्पताल प्रशासनले जनाएको छ ।

Loading...