अवैध काठसहित दुई जना पक्राउ

धनगढी । धनगढीमा अवैध काठसहित दुई जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१५ उर्मीबाट सोही ठाउँका ३२ वर्षीय होरीलाल राना र ३५ वर्षीय बिनोद रानालाइ अबैध काठ र गोरू गाडा सहित शनिबार प्रहरीले पक्राउ गरेको हो।

अन्दाजी २३ हजार ४३७ मुल्य बराबरको सालको काठ प्रहरी चौकी कनरी, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिईको हो। उक्त अबैध काठ सहितको गोरु गाडा सहित दुबै जनालाइ आवश्यक कारवाहीको लागि वन कार्यालयलाई बुझाइएको प्रहरीले जनाएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...