जग खन्ने क्रमका भेटिएको सकेट बम डिस्पोज

धनगढी- धनगढीमा फेला परेको बम डिस्पोजल गरिएको छ। हिजो शुक्रवार धनगढी उपमहानगरपालिका ३ बिशालनगरस्थित क्षेत्रमा फेला परेको बम शनिबार बिहानै डिस्पोजल गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बिशालनगर क्षेत्रमा निर्माणाधीन सिद्धार्थ होटलको जग खन्ने क्रमका सकेट बम फेला परेको थियो।

Navadurga sun

त्यसपछि सो क्षेत्रमा जान निषेध गरिएको थियो। भने सो बम जनयुद्ध कालको हुनसक्ने अनुमान गरिएको थियो। उक्त क्षेत्र धनगढी चौराहबाट ५० मिटर भित्र पर्दछ। सो बमलाई आज बिहानै पड्काएर डिस्पोजल गरिएको बताइन्छ।

ADD Khali jpg
Loading...