बाजुरामा देउसी भैलोबाट सङ्कलित रकमबाट शिक्षकलाई तलब

बाजुरा- बाजुरामा देउसी भैलोबाट सङ्कलित रकमबाट शिक्षकलाई तलब दिइएको छ।

जिल्लाको बुढीनन्दा नगरपालिकास्थित एक विद्यालयले शिक्षकलाई तलबको व्यवस्था गर्न देउसीभैलो खेलेर रकम जुटाएको छ।

Navadurga sun

विद्यालयको आयास्रोत न्यून भएको र निजी स्रोतबाट नियुक्त गरिएका शिक्षकलाई तलब दिन देउसीभैलोबाट एक लाख सङ्कलन गरिएको पञ्चलक्ष्मी आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर बोगटीले बताए।

उक्त रकम विद्यालयको खातामा दाखिला गरिएको अध्यक्ष बोगटीले बताए। उक्त विद्यालयका अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूले हरेक वर्ष देउसीभैलो र प्रत्येक घरमा मासिक रुपमा सहयोग मागेर निजी स्रोतका शिक्षकलाई तलबको व्यवस्था हुँदै आएको छ। रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...