अप्रेशन थिएटरमै बालिकाको ज्यानगएपछि सुजंग अस्पतालका तीन जना चिकित्सक प्रहरी नियन्त्रणमा

डोटी डोटीको दिपायलमा रहेको सुजंग अस्पतालमा सल्यक्रिया गर्नेक्रममा बालिकाको ज्यान गएको छ । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ३ की ९ वर्षिया वालिका रजनी सार्कीको बुधबार राती १० बजेतिर सल्यक्रियाकै क्रममा अस्पतालमा ज्यान गएको हो ।

दिपायल सिलगढी नगरपालिका वडा नम्बर ३ की रजनीको शिखर नगरपालिका वडा नम्बर ३ मा पर्ने मामा घरमा खेल्नेक्रममा हात भाँचिएको थियो । १७ गते आमा ज्ञानु सार्कीसँगै मामाघर गएकी रजनीको मामाघरका बालवालिकासँग खेल्नेक्रममा हात भाचिएको हो ।

हात भाचिएपछि मामा प्रकाशले उनलाई उपचारका लागि आफ्नै मोटरसाईलमा राखेर सुजंग अस्पताल दिपायल पुगाएका थिए । ‘२० गते हात भाँचिएकै दिन बेलुकी साढे ६बजे अस्पताल पुगाए, अस्पतालमा एक्सरे गर्दा भान्जीको बाँया हातको कुम नजिक भाचिएको रहेछ । अस्पतालले हातको अप्रेशन गर्नुपर्ने बतायो । २१ गते मात्रै सल्यक्रिया हुन्छ भनेर भर्ना गर्यो’ मामा प्रकाशले भने ।

२१ गते बेलुकी साढे ७ बजेतिर अप्रेशन थिएटरमा लगिएकी रजनीलाई रातीको १० बजेसम्म पनि बाहिर नल्याएपछि आफन्तले उनको मृत्युभएको जानकारी पाएका हुन । ‘भान्जीको एनेस्थेसीया लगाउने क्रममै ज्यान गईरकेको रहेछ, हामीलाई रातीको १० बजेसम्म पनि बताईएन । एकै छिनमा प्रहरीको भ्यान आएर अस्पताल घेरा हाल्यो, हामीलाई शंका लागेर सोधेपछि मात्रै सञ्चालक अर्जुन बलायरले बालिकको ज्यान गएको कुरा बताए’ प्रकासले भने ।

बालिकाको ज्यान गएपछि अस्पतालमा तनाव भएको छ । अस्पतालको उपचार सेवा प्रभावित भएको छ । प्रहरीले गए राती देखि नै अस्पतालमा सुरक्षा पहरा दिईरहेको छ । मृतक बालिकाका आफन्त पनि अस्पतालमा भेला भएका छन । मृतकका बुवा कामका लागि भारतमा छन । छोरीको मृत्यु भएको खबर सुनेपछि उनी फर्किरहेका आफन्तले जनाएका छन ।

आफन्तहरुले उपचारमा लापरवाही गर्ने चिकित्सकहरुलाई कारवाहीको मागगर्दै शव बुुझेका छैनन । बालिका रजनीको शव अस्पतालमै राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता तथा सूचना अधिकारी सूर्यप्रकाश भट्टले तीन जना चिकित्सकहरुलाई नियन्त्रणमा लिइएको बताए ।

प्रहरीले उपचारमा संलग्न डाक्टर राजमणी यादव, डाक्टर सुरेन्द्र कुमार चौधरी र विएस्सी एनेस्थेथिया अभिषेक यादवलाई नियन्त्रणमा लिएको जनाएको छ । मृतकका मामा प्रकाशले उपचारमा लापरवाही गर्ने चिकित्सकहरुलाई कारवाही नहुँदासम्म शव नउठाउने बताएका छन ।

अस्पतालले प्रशासन बालिकाको सल्यक्रियाका बेला एनेस्थेसीयाको रिएक्सन भएको प्रतिक्रिया दिएको छ । अस्पतालका सञ्चालक तथा प्रवक्ता अर्जुन बलायरले बालिकालाई अप्रेशन थिएटरमा लगेपछि एनेस्थेसिया रिएक्सन भएको बताए ।

बालिकाको सल्यक्रिया अर्थोपेडिक सर्जन सुरेन्द्र चौधरीको नेतृत्वको टोलीले गर्ने तयारी भएको थियो भने विएस्सी एनेस्थेथिया गरेका अभिषेक यादवले उनलाई एनेस्थेसिया दिएका थिए ।

Loading...