छठ पूजाका लागि सिंगारिँदै धनगढीको मोहना घाट

अत्तरिया- विगत लामो समयदेखि धनगढीको मोहना घाटमा छठ पूजा कार्यक्रम गर्दै आएको छठ पूजा सेवा समिति, धनगढी यसवर्ष पनि पूजाका लागि तयारीमा जुटेको छ ।

छठ पर्वको तयारीका लागि धनगढीको मोहना घाटमा झन्डै एक महिनादेखि सरसफाइ तथा सिङ्गार्ने कार्य भइरहेको समितिका अध्यक्ष सन्तोष मण्डलले जानकारी दिए ।

Navadurga sun

सूर्य भगवानको पूजा आराधना गरी मनाइने यस पर्वका लागि घाटमा पूजा कक्ष निर्माणदेखि सजावटका कामहरू भइरहेको उनले बताए ।

घाटमा दुई सय ५० जति पूजा स्टल निर्माण गरिएका छन् । ती पूजा स्टलमा टेन्ट, बत्ती, रङ्गीचङ्गी माला, पताका लगायतले सजाउने काम भइरहेको छ ।

त्यस्तै भक्तजन तथा दर्शनार्थीहरूलाई पूजा स्थल प्रवेशका लागि आकर्षक प्रवेशद्वार निर्माण गरिएको छ । नेपालको पूर्वी भेगबाट ल्याइएका कालिगडले सूर्यको प्रतिमालगायत विभिन्न देवी देवताका मूर्ति निर्माण गरी पेन्टिङ तथा सजाउने काम गरिरहेका छन् ।

पर्वका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम, भजनकीर्तन, विभिन्न सांस्कृतिक झाँकीको प्रस्तुत गरिने अध्यक्ष मण्डलको भनाइ छ । भजनकीर्तन, गायन तथा विभिन्न कार्यक्रमका लागि छिमेकी मुलुक भारतबाट समेत कलाकार निम्त्याइएको उनले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...