बाजुरामा १० थान भरूवा बन्दुक सहित तीन जना पक्राउ

बाजुरा-  गौमुल गाउँपालिका–६ सटेडाबाट भरूवा बन्दुक १० थान र बन्दुकको नाल ३३ थान सहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ६३ वर्षीय गोरे लुहार, बडिमालिका नगरपालिका–१ सलेना बस्ने ३९ वर्षीय गोरख कार्की र ३७ वर्षीय बुद्ध कार्की रहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

Navadurga sun

गोरे लुहारको घरमा अवैध भरूवा बन्दुकको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौमुलबाट खटिएको प्रहरीले घर तलासी गर्दा लुकाई छिपाई राखेका उक्त बन्दुक फेला पारी गोरे तथा बन्दुक खरिद गर्न आएका गोरख र बुद्धलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...