धनगढीबाट एक जना असाह्यको उद्धार

धनगढी- कैलालीको धनगढीबाट एक जनाको उद्धार गरिएको छ ।

त्रिशूल र पोको बोकेर हिड्ने अन्दाजी ६५ वर्षीय बोल्न नसक्ने व्यक्तिको धनगढीस्थित पिपल चौताराकाबाट उद्धार गरिएको  छ ।

Navadurga sun

मानव सेवा आश्रम कैलाली, सामुदायिक प्रहरी सेवा केन्द्र हसनपुर र धनगढी उपमहानगरभित्र कार्यरत नगर प्रहरीको संयुक्त प्रयासमा ती व्यक्तिको उद्धार गरिएको हो ।

गत वर्ष ती व्यक्तिलाई उद्वार गरी आवश्यक उपचारका लागि निर्सग हस्पिटका मनोचिकित्सक डाक्टर प्रभात सापकोटाको प्रत्यक्ष निगरानीमा १० दिन ‌औषधी उपचारपछि उनका भतिजासँग पारिवारिक पुर्नरमिलन गराइएको थियो । २/३ महिना भतिजाले परिवारमा राखे पनि पुनः सडकमा बस्दै आएका थिए ।

एरोगेन्ट र रिसाहा स्वभावका उनी जथाभावी मान्छे र गाडीमा ढुङ्गा मुडा गर्ने गरेको आश्रमका अभियन्ता आदर्श ढकालले बताए । हाल उनको उद्धार गरेर आश्रममा राखिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...