लागूऔषधसहित पुरुष र महिला पक्राउ

Dadhaldhura pur

धनगढी । कञ्चनपुरमा लागूऔषधसहित एक पुरुष र महिला पक्राउ परेका छन्। पुर्नवास नगरपालिका–३ आइबीआरडी बजारबाट कैलालीको धनगढी उपमहानगरपालिका–५ हसनपुरका ३१ वर्षीय अमित कुमार वर्णवार र कञ्चनपुरको बेलौरी नगरपालिका–२ टेडुवा बस्ने ४० वर्षीया सिता देवी चौधरी पक्राउ परेका छन्।

Ganyapdhura gau

इलाका प्रहरी कार्यालय त्रिभूवनबस्ती, लागू औषध नियन्त्रण व्युरो शाखा महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट आइबीआरडी कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले वर्णवारको साथबाट ११८ ग्राम ३६० मिलिग्राम लागू औषध (खैरो हेरोइन) फेला पारी दुबैजनालाई नियन्त्रणमा लिएको हो।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...