कैलालीमा प्रहरीले भेटायो नगदसहित गरगहना

धनगढी- इलाका प्रहरी कार्यालय कैलालीले नगद सहित गरगहना फेला पारेको छ ।

गोदावरी नगरपालिका–२ बसपार्क स्थित सडक खण्डमा झोलासहित भारतीय रुपैयाँ नगद ६२ हजार ५ सय र नेपाली ९९ हजार, सुनको तिलहारी १ थान, चन्द्रमा १ थान, कानको रिङ २ थान, नाकमा लगाउने नथीया १ थान फेला पारेको हो ।

Navadurga sun

प्रहरीले सोमवार फेला पारेको उक्त नगद रुपैयाँ र सामानलाई सम्बन्धित धनिको पहिचान गरि हस्तान्तरण गरेको छ ।

उक्त सामान धनगढी उपमहानगरपलिका-५ बस्ने ४० वर्षीया सारदा कठायतको भएकोले कठायतलाई कार्यालयमा बोलाई जिम्मा लगाईएको छ । 

ADD Khali jpg
Loading...