भीमदत्त ६ को उपनिर्वाचनमा कांग्रेसबाट प्रकाश उम्मेदवार

कञ्चनपुर । आगामी १६ मंसिरमा कञ्चनपुरको भीमदत्त नगरपालिका ६ को वडाध्यक्षका लागि हुने निर्वाचनमा नेपाली कांग्रेसले उम्मेदवारको टुंगो लगाएको छ । सत्ताधारी कांग्रेसले वडाध्यक्षका लागि कांग्रेस कञ्चनपुरका युवा नेता प्रकाश बहादुर चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नेपाली कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र ३ का सभापति केशब बहादुर चन्दले वडासभापति समेत रहेका प्रकास बहादुर चन्दलाई उम्मेदवार बनाउने निर्णय गरिएको बताए ।

Navadurga sun

‘वडाबाट सिफारिस भई आएका उम्मेदवारमध्ये अहिले प्रकाश बहादुर चन्दलाई पार्टीले उम्मेदवार बनाउने निर्णय गरेको छ, ‘उनले भने, ‘अब उम्मेदवार टुगोसँगै जनतामाँझ जान्छौँ।’ कांग्रेस निकट नेवि संघ कञ्चनपुरका नेतासमेत रहेका चन्द युवा प्रभावशाली विवादरहित स्वच्छ छविवाला नेताकै रुपमा परिचित छन् ।

०७९मा सम्पन्न भएको दोस्रो स्थानीय तह निर्वाचनमा कांग्रेसबाटै निर्वाचित वडाध्यक्ष महेन्द्र खड्काको गत वर्ष मृत्यु भएसँगै निर्वाचन आयोगले भीनपा ६रिक्त स्थानमा उप निर्वाचन गर्न लागेको छ । कांग्रेसले यस अघिकै बिरासत जोगाउने प्रण गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...