कैलालीको टीकापुर विमानस्थलमा परीक्षण उडान

अत्तरिया- कैलालीको टीकापुर विमानस्थलमा परीक्षण उडान गरिएको छ । लामो समयदेखि बन्द रहेको उक्त विमानस्थलमा सोमबार परीक्षण उडान गरिएको हो ।

परीक्षण उडानको क्रममा नेपाल वायुसेवा निगमको TWIN OTTER जहाज अवतरण भएको छ । टीकापुरमा विमान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले कात्तिक ९ गते अनुमति दिएको थियो ।

प्राधिकरणको परीक्षण उडान पछि प्रतिवेदन तयार पारेर बुझाउन भनेको छ । परीक्षण उडानका लागि टीकापुर नगरपालिकाले धावनमार्गका खाल्डा पुर्ने, झारपात उखेल्ने लगायतका काम गरेको थियो ।

नेपाल वायुसेवा निगमले परीक्षण उडान गरेको भए पनि नियमित उडानको भने अझै टुङ्गो लागेको छैन । टीकापुर विमानस्थलमा यसअघि २०७१ सालमा समेत विमानस्थलमा तारा एयरले परीक्षण उडान गरेको थियो । त्यसपछि नियमित उडान भने हुन सकेको थिएन ।

Loading...