गोदावरीमा एक जनाको भिरमा खसेर मृत्यु

अत्तरिया- कैलालीको गोदावरीमा एक जनाको जुवाखालबाट भाग्नेक्रममा भिरबाट खसेर मृत्यु भएको छ ।

Ganyapdhura gau
Dadhaldhura pur

गोदावरी नगरपालिका–१२ का करन विकको जुवाखालबाट भाग्नेक्रमा मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको इलाका प्रहरी कार्यालय मालाखेतीका निमित्त इन्चार्ज प्रहरी निरीक्षक दानसिँ भण्डारीले बताए । 

Navadurga sun

उनको शव ओलानीस्थित कोल्मोडाको छोट्यास कुलोमा फेला परेको थियो । प्रहरी निरीक्षक भण्डारीले विकसँग जुवा खेल्न ८ जना संगलग्न रहेको पाइएको बताए ।

विकका परिवारले भने उनको हत्या गरेको भन्दै प्रहरीमा जाहेरी दिएका छन् । मृतक विकको सव पोष्टमार्टमलागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...