स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्ने : नगर प्रमुख साउँद

अत्तरिया, ३१ साउन- कैलालीको गोदावरी नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको गत आर्थिक बर्ष २०७७/०७८ को बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी कार्यक्रमको आयोजना गरेको छ ।  गोदावरी नगरपालिका स्वास्थ्य शाखाले अत्तरियामा रहेको नमस्ते होटलको सभाहलमा आज र भोली गरी दुई दिने योजना तर्जुमा गोष्ठी संचालन गर्ने भएको छ ।

कार्यक्रममा बोल्दै नगरप्रमुख हरि सिंह साउँदले मानब जिवनका लागि स्वास्थ्य सबै भन्दा महत्वपूर्ण भएकाले नगरपालिकाले स्वास्थ्य क्षेत्रमा पहिलो प्राथमिकतामा राखेको बताए । नगरप्रमुख साउँदले आफुहरु निर्वाचित भएर आइसकेपछि सबै नगरबासीहरुलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउनका लागि प्रत्येक वडामा स्वास्थ्य क्लिनिकहरु स्थापना गरिएको समेत बताएका हुन् ।

godawari10 Mahila hinsa
Navadurga sun

“मानव जिवनका लागि सबै भन्दा महत्वपूर्ण कुरा भनेको आफ्नो स्वास्थ्य हो, जब मान्छे स्वास्थ्य हुन्छ तब मात्र उसले आफ्नो दैनिक क्रियकलापहरु गर्न सक्छ” नगर प्रमुख साउँदले भने, “हामी निर्वाचित भएर आइसेपछि हामीले जनताको सेवाको लागि प्रत्येक वडा वडामा स्वास्थ्य केन्द्रहरु स्थापना गरेको छौ, वडाको भौगोलिकता हेरेर कुनै-कुनै वडाहरुमा २ वटा केन्द्रहरु समेत राखेका छौ ।”

यहाँको पुरानो अस्पताल मालाखेती अस्पताललाई मात्र नभएर नगरभित्रका सबै स्वास्थ्य संस्थाको स्तरोउन्नतीका लागि आफुहरुले काम गरिरहेको नगर प्रमुख साउँदले बताए ।

Dadeldhura hospital

उक्त कार्यक्रममा बोल्दै नगर उपप्रमुख रत्ना कडायतले कोरोना महामारीको समयमा यहाँका स्वास्थ्यकर्मीहरुले खेलेको भूमिकाको खुलेर प्रशंसा गरिन् । कोरोनाका कारण सबै क्षेत्र बन्द भएर घर बाहिर निस्कने अबस्था नभएका बेला गोदावरी नगरपालिका भित्र रहेका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेवीकाहरुले फ्रन्ट लाईनमा उभिएर रातदिन नभनी नगरबासीको जिउज्यानको रक्षा गरेको भन्दै उपप्रमुख कडायतले धन्यवाद समेत दिइन् ।

उनले सबै नगरबासीहरुलाई स्वास्थ्य बिमा तर्फ जोड्नका लागि स्वास्थ्य बिमा कार्यक्रमलाई जोड दिनुपर्ने बताइन् । यसका लागि पैसा तिर्न नसकिने अति बिपन्न परिवारलाई केही राहात हुनेगरी स्वास्थ्य शाखाले काम गर्नुपर्ने बताइन् । साथै ग्रामिण क्षेत्रका महिलालाई स्वास्थ्य सुरक्षाका लागि बर्थिङ सेन्टर स्थापनालाई समेत जोड दिन उपप्रमुख कडायतले बताइन् ।

उद्घाटन कार्यक्रममा स्वास्थ्य शाखाले गत आर्थिक वर्ष २०७७/०७८ ले आफुहरुले गरेका काम र उपलब्धिहरु प्रस्तुत गरेको थियो । गत आर्थिक बर्षमा नगरपालिका भित्र रहेका वडा नम्बर १ को अत्तरिया, वडा नम्बर ६ को लालपुर र वडा नं ४को बुढितोलामा शहरी स्वास्थ्य क्लिनिकको भवन र हालखोलीमा ल्याब र बर्थिङ सेन्टर स्थापना गरिएको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले जानकारी गराए ।

नगरपालिकाले कोरोना महामारीका बेला गोदावरी ५ गेटामा रहेको गेटा मेडिकल कलेजमा निर्माण गरेको होल्डिङ सेन्टरलाई मुख्य उपलब्धिमा राखेको छ । साथै गत आर्थिक वर्षमा मालाखेती अस्पतालमा संस्थागत क्लिनिक संचालन, कोरोना महामारीमा नियमित स्वाव संकलन र ग्रामीण अल्ट्रासाउण्ड सेवा सुरु गरेको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखाले चालु आर्थिक बर्षका योजनाहरु पनि प्रस्तुत गरेको छ ।

जसमा गोदावरी, बहेडा, गेटा र बेलादेवीपुर स्वास्थ्य चौकीवाट सुरक्षित गर्भपतन सेवा गरिने प्रमुख अवस्थीले बताए । यस्तै चालु आर्थिक बर्षमा सबै स्वास्थ्य चौकीहरुमा अति शिघ्र कुपोषणको व्यवस्थापनका लागि ओटीसी सेन्टर सञ्चालन गर्ने , मेयर जेष्ठ नागरिक स्वास्थ्य प्रवर्धन कार्यक्रम र उपमेयर सुरक्षित मातृत्व प्रोत्साहन कार्यक्रम सञ्चालन योजना रहेको उनले बताए । साथै नगरभित्रका निजि स्वास्थ्य संस्थासंग समन्व्य गदैै जाने पनि स्वास्थ्य शाखाले जनाएको छ ।

उक्त बार्षिक समिक्षा तथा आगामी योजना तर्जुमा गोष्ठी कार्यक्रममा नगरप्रमुख साउँद, उप प्रमुख कडायत, गोदावरी नगरपालिकाका बिभिन्न वडाका वडा अध्यक्षहरु, स्वास्थ्य शाखा प्रमुख अबस्थी, स्वास्थ्य शाखामै कार्यरत सिनियर अहेव बिर बहादुर कुवंर र उषा भट्ट, मालाखेती अस्पतालमा मेसु डा. पदम प्रकाश शर्मा र नगरभित्र बिभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरु लगायतको सहभागिता रहेको थियो ।

Loading...