अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिकाले प्लाष्टिकबाट बनेका फूल तथा माला बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ । नगरभित्र प्लाष्टिकजन्य फूल तथा माला बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
नगरपालिकाले यस आर्थिक वर्षको नीति तथा कार्यक्रमबाट स्वदेशी उत्पादन फूलका मालालाई प्रोत्साहन गर्न र प्लास्टिक जन्य सामग्रीहरूको न्यूनीकरण गर्न भारतबाट भित्रिने फूलका मालाहरुलाई निरुत्साहित गरि आयात तथा विक्री वितरणमा रोक लगाउने नीति लिएको सर्वविदितै छ ।

तसर्थ यस कृष्णपुर नगरपालिका भित्र रहेका व्यापार व्यवसायी तथा सम्पूर्ण नगरवासीहरुले आउँदै गरेको महान चाड शुभ-दीपावली तथा छठ पर्वमा प्लाष्टिकजन्य माला र प्लाष्टिकका फूल बिक्री वितरण तथा प्रयोग नगर्न/नगराउन आग्रह गरेको छ । सूचनामा भनिएको छ । सूचना विपरित गरे/गराईएको पाइए नियमानुसार कारवाही हुने व्यहोरा अनुरोध छ ।

