ट्याक्टर र मोटरसाइकल ठोक्किदा एकको मृत्यु

 

Dadhaldhura pur

धनगढी । कैलालीमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–५ डोकेबजार स्थित पुर्व पश्चिम राजमार्गमा सुदूरपश्चिम प्रदेश ०१–०१२ प ७२७९ नम्बरको मोटरसाइकल र सुदूरपश्चिम प्रदेश ०१–००२ त ६१८७ नम्बरको ट्याक्टर एक आपसमा ठोक्किदा बिहीवार दुर्घटना भएको थियो। उक्त दुर्घटनामा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–१० बस्ने २७ वर्षीय सुशिल बिक गम्भिर घाईते भएका थिए।

Ganyapdhura gau

घाईते बिकको घोडाघोडी अस्पताल सुखड हुँदै निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा बिहीवारनै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। ट्याक्टर र ट्याक्टर चालक लम्की चुहा नगरपालिका–४ बलिया बस्ने ३७ वर्षीय राताराम चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...