धनगढी- कैलालीको धनगढीदेखि बर्दिया र बर्दियादेखि धनगढीसम्म बस सेवा सुरु भएको छ । सुन्दर सुदूरपश्चिम यातायात प्रालिले कैलालीको धनगढी–टीकापुर हुँदै बर्दियाको राजापुर सम्म बस सेवा सुरु गरेको हो ।

सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमबहादुर सोपकोटाले धनगढीको क्याम्पस रोडबाट फूलबारी हुँदै शक्ति सम्म चार वटा बसमार्फत सेवा सुरु गरेको बताए ।


उनले धनगढीदेखि चार वटा बस दैनिक शक्ति सम्म जाने गरेको बताए । बर्दियाका यातायात व्यवसायीसँगको छलफलपछि राजापुर, शान्ति बजारसम्म हुलाकी राजमार्गमा यातायात सेवा दिने उनले बताए ।
धनगढीको क्याम्पस रोडबाट दैनिक बिहान २ वटा बस शक्तिका लागि छुट्ने गरेका छन । दुई वटा बस शक्तिबाट धनगढीका लागि प्रत्येक बिहान आउने गरेका छन ।
धनगढी–फूलबारी–लालबोजी–टीकापुर हुँदै शक्ति सम्मको हुलाकी राजमार्गमा हाल बस सेवा सुरु गरिएको हो ।
