


अत्तरिया- कैलाली जिल्लाको गोदावरी नगरपालिकाले अनुदानमा गहुँको बीउ वितरण गर्ने भएको छ ।


नगरपालिकाले चालु आर्थिक वर्षको कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गर्न लागेको हो ।



नगरपालिकाले बिहीवार एक सूचना जारी गर्दै गहुँको बीउ लिन चाहले किसानलाई कार्तिक १४ गते भित्र नगरपालिका कार्यालयमा निवेदन दिन आग्रह गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टद्वारा जारी सूचनामा बीउ लिन कृषक समूह हुने पर्ने उल्लेख गरिएको छ ।






