अत्तरिया- कैलालीको गाउँपालिका ३ बाट लागूऔषध सहित २ जना पक्राउ परेका छन् ।



पक्राउ पर्नेमा डोटीको जोरायल गाउँपालिका २ का २४ वर्षीय गोबिन्द बिष्ट र दिपक बिष्ट रहेका छन् ।


उनीहरुलाई बुधबार राती ९ बजेको समयमा २ ग्राम ७९० मिलिग्राम लागूऔषध (हेरोईन) सहित अस्थायी प्रहरी पोष्ट खानिडाँडाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरु माथी थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।





