सुदूरपश्चिमका चार जिल्लाबाट अवैध सामान बरामद

धनगढी- सुदूरपश्चिम प्रदेशका चार जिल्लाबाट अवैध सामान बरामद गरिएको छ । मंगलबार कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलाबाट अवैध सामान बरामद गरिएको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका – २ फन पार्क नजिक, उपमहानगरपालिका – ४ पुरानो भन्सार रोड, उपमहानगरपालिका – १० जुगेडा, उपमहानगरपालिका – १९ बहुलियाघाट, भजनी नगरपालिका – ३ पिरनी, टीकापुर नगरपालिका – ८ श्रीलंका, टीकापुर नगरपालिका – ९ बालुवा स्थित सडक खण्ड र गौरीगंगा नगरपालिका – ४ राजीपुरबाट अबैंध रूपमा भारतबाट भन्सार छली ल्याएका सामान बरामद गरिएको छ ।

Navadurga sun

प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार उक्त स्थानबाट ४ लाख ३४ हजार ९२८ रुपैयाँ बराबरको प्याज, चिनी, सुर्ती, मसला, मोबाइलको ग्लास, मोबाइलको कभर, मोबाइलको डिस्प्ले, प्लास्टिकका भाडा, स्टिलका कप ,कचौरा, चिया छान्नि , ग्याँस चुलो, पानी तान्ने मोटर, बोइलर कुखुरा, मोटरसाइकल लगायतका सामानहरू बरामद गरिएको छ ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका – १० भन्सार कार्यालय नजिक, भीमदत्त नगरपालिका – १७ मझगाउ, साईबा, दोधारा चाँदनी नगरपालिका – ६ संगम चोक र पुनर्वास नगरपालिका – ४ कार्गिलडाडाबाट ८९ हजार ५१० रुपैयाँ बराबरको सामान बरामद गरिएको छ । जसअन्तर्गत प्याज, चिनी, गुड, सुट पिस, पटाका, आलु, मटर, किराना लगायतका सामानहरू रहेको प्रहरीले जनाएको छ ।

बैतडीको दशरथ चन्द नगरपालिका – १० अदर पिण्डबाट पनि अबैंध रूपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य ३२ हजार १२५ रुपैयाँ बराबरको चिनी, मिस्री, गुड, खाने तेल, चना, जिरा, बिडी, बेसन, मिठाई लगायतका सामानहरू बरामद गरिएको छ ।

यस्तै दार्चुलाको महाकाली नगरपालिका – ४ बसपार्क र मालिकार्जुन गाउँपालिका – १ मेलखेतबाट अबैंध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका ४० हजार ६९५ रुपैयाँ बराबरको चिनी, मिस्री, खाने तेल, बिस्कुट, मिठाई, बिडी लगायतका सामानहरू बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...