डडेल्धुरा- डडेल्धुरामा एक व्यवसायी बेपत्ता भएका छन् । सोमबार बिहानदेखि परशुराम नगरपालिका–५ परीगाउँका ५३ वर्षीय खेमसिंंह प्वाली बेपत्ता भएका हुन् ।




बेपत्ता प्वालीको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ। खोजी गर्ने क्रममा बेपत्ता प्वालीले लगाएको कपडा र मोबाइल परीगाउँस्थित महाकाली नदी किनारमा फेला परेको इलाका प्रहरी कार्यालय जेगबुढाका इन्चार्ज सुरज रोकायाले बताए ।


उनले महाकाली नदीमा हामफालेको आशंकामा सशस्त्र प्रहरी र नेपाल प्रहरी गरेर १५ जनाको टोली खटिएको उनले बताए ।




